वीरेन्द्रनगरका ५० जना अपाङ्ग र असक्त नागरिकलाई राहत वितरण

सुर्खेत । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतले वीरेन्द्रनगरका ५० जनालाई राहत वितरण गरेको छ । वीरेन्द्रनगरको बामेखोला, सानोसुर्खेत, ढोडेखाली लगायतका स्थानमा बसोबास गर्ने अपाङ्ग र अशसक्त नागरिकलाई राहत वितरण गरिएको हो ।

संगठनले एक बारो चामल, दुई केजी दाल, एक–एक पोका नून र तेल वितरण गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतका अध्यक्ष रोशन विसीले जानकारी दिए । निषेधाज्ञाको मारमा परेका अपाङ्ग र अशक्त नागरिकलाई जीवन निर्वाहमा समस्या परेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य कविराम पुरी, राप्रपाका जिल्ला उपाध्यक्ष इश्वर श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतका अध्यक्ष रोशन विसी, सचिव एवम् राहत वितरण समितिका संयोजक अर्जुन विसी लगायतको सहभागिता रहेको थियो ।

वीरेन्द्रनगरका ५० जना अपाङ्ग र असक्त नागरिकलाई राहत वितरण

२४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

वीरेन्द्रनगरका ५० जना अपाङ्ग र असक्त नागरिकलाई राहत वितरण

गाउँमा मकै जोत्ने पुरानो चलन कायमै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!