२४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २ हजार ४ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

७ हजार १० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ८९ दशमलब ३ प्रतिशत पुगेको छ। मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७६ पुगेको मन्त्रालयको तथ्यांक छ ।

२४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

सीप सिकेर आत्मनिर्भर बन्दै पातारासीका महिला

२४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

वीरेन्द्रनगरका ५० जना अपाङ्ग र असक्त नागरिकलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!