सीप सिकेर आत्मनिर्भर बन्दै पातारासीका महिला

जुम्ला । पातारासी गाउँपालिकाका महिला अत्मनिर्भर बन्न थालेका छन्। पातारासी गाउँपालिकाकाले सीपमूलक कार्यक्रम अघि बढाएपछि त्यहाँका महिला आत्मनिर्भर बन्न थालेका हुन् ।

पतारासीले पहिलो पटक ९० दिने ढाका बुनाइ तालिम दिएर स्वरोजगार बनाउने कार्यक्रमको थालनी गरेको थियो। गाउँपालिकामा स्वरोजगार तथा आयआर्जनका लागि सीप विकास गर्ने लक्ष्यका साथ महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमको थालनी भएको महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताइन् ।

उनले महिला सहकारी संस्था, हरेक वडाका महिलाहरुको लागि सीप विकासमार्फत आयआर्जन वृद्धि गरि आत्मनिर्भर बनाई रोजगारी सृजना गर्ने, सीप विकास गरेर आत्मनिर्भर बनाउने, बताइन्।

पहिलो चरणमा गाउँपालिकाभित्रका १० जना महिलालाई तालिम दिइएको हो। नन्दा रास्कोटी मगरले तालिमको सहजीकरण गरेकी छन् । त्यस्तै, गाउँपालिका उपाध्यक्ष पुन्नकली महाताराले महिलाको रोजगारी सृजना गर्नका लागि यो तालिमले निकै ठूलो मद्धत पुर्‍याउने बताइन्। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले सीप सिकेसँगै महिलाको रोजगारी ग्यारेन्टी हुने बताए ।

आर्थिक रुपमा बलियो बनाउने आधार हो, उनले भने, ‘यो तालिमले महिलालाई स्वरोजगार सिर्जना गर्नेछ। आयआर्जनका क्रियाकलापमा सहभागि गराउनको लागि उत्साह भर्नेछ ।’

प्रशिक्षक नन्दा रास्कोटी मगरले तालिम अवधिभर सिकेका सीप गाउँमा गएर व्यवहारमा उतार्न आग्रह गरिन्। उनले भनिन्, ‘सिकेको सीपलाई व्यावसायिक रूपले अगाडि बढाउन सके सीप सिकेको र सिकाएको सार्थक हुनेछ ।’

सीप सिकेकी महिला उमा बुढा रावत आफूले सिकेको सीप व्यवहारमा लागू गर्ने बताउँछिन् । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले ढाका बुनाइलाई व्यवस्थित गर्दै उद्योग स्थापना गर्नुपर्ने बताए। अध्यक्ष बोहोराले मुलुकको एजेन्डा उत्पादन भएको तर समृद्धि आधारभूत वर्गमा पुग्न नसकेको भन्दै सबैलाई मूलधारमा ल्याउन लक्षित वर्गका कार्यक्रम सञ्चालन भइरहेको बताए ।

विपन्न वर्गका महिलालाई ढाका बुन्ने सीपले सहयोग पुग्ने बोहोराको भनाइ छ । गाउँपालिकाले तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

सीप सिकेर आत्मनिर्भर बन्दै पातारासीका महिला

खोलामा मृत फेला परेकी महिलाको बलात्कारपछि हत्या

सीप सिकेर आत्मनिर्भर बन्दै पातारासीका महिला

२४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!