खोलामा मृत फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको आशंका

सल्यान । सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । असार १ गते खोला किनारमा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० वर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले घटना शंकास्पद रहेको बताए। घटनास्थल वरिपरि खिमाको मृत्यु खुल्ने त्यस्तो कुनै सूचना फेला नपरेको थापाले जानकारी दिए ।

‘घटना शंकास्पद नै छ,’ उनले भने, ‘प्रहरी गम्भीर ढंगले अनुसन्धानमा लागेको छ ।’  शव पोष्टमार्टम रिपोर्ट आइतबार आइपुग्ने हुँदा त्यसपछि खिमाको मृत्युबारे स्पष्ट भन्न सकिने डिएसपी थापाले बताए । प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का हराएकी थिइन् ।

खिमाका श्रीमान खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबर पाएपछि शुक्रबार मात्रै घर आइपुगेका छन्। रोजगारीको सिलसिलामा खिमबहादुर झन्डै आठ महिनाअगाडि भारतको सिमला गएका थिए ।

खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् । डिएसपी थापाले मृतकका श्रीमानले आफ्नो साला र जेठान पनि भारतमा रहेको, शनिबार बेलुकासम्म घर आइपुग्ने हुँदा उनीहरूको उपस्थितिमा मात्रै शव बुझ्ने बताएको जानकारी दिए ।

खिमाको शव जिल्ला अस्पताल खलंगामा रहँदै आएको छ । डिएसपी थापाले घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताए ।

खोलामा मृत फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको आशंका

घोडाबाट सेतकचिनी ढुवानी गरिँदै

खोलामा मृत फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको आशंका

सीप सिकेर आत्मनिर्भर बन्दै पातारासीका महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!