गाउँमा मकै जोत्ने पुरानो चलन कायमै
प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुमपूर्व र पश्चिमका धेरै जसो गाउँगाउँमा यतीबेला मकै जोत्ने चटारो परेको छ । यहाँका गाउँघरहरुमा मकै गोड्नको लागि पुरानै जोत्ने चलन अझै कायमै रहेको छ ।
यस वर्ष समयमै पानि परेपछि बैशाखमा मकै छरिसेपछि अहिले रुकुमपूर्व र पश्चिमका मकै जोत्ने चटारो परेको हो । रुकुमपुर्वका ६५ बर्षिय किसान सुशील खड्का काधँमा जुवा दायाँबायाँ २ वटा गोरु, हलो लगेर बारीमा मकै जोत्नमा व्यस्त देखिन्छन् ।
परम्परागतदेखि मकैलाई जोत्ने चलन रहेको खड्का बताउछन । उनि भन्छन् ‘यसरी जोतेपछी मकै धेरै फल्ने र उव्जनीमा समेत वृद्धी हुने गर्दछ ।’ त्यस्तै असारको महिनाको यो समयमा किसानहरु मकै बारीमा जोत्न तलिन देखिन्छ । अगाडी गोरु र एक जना मानिसको सहायतामा मकै जोत्ने र पछाडी पछाडी १ जना मान्छेले मकै उठाउने गरेको बाफिकोट गाउपालिका वडा नम्बर ८ किसान तप्त केसीले बताए ।
यस प्रकारकले किसानलाई राम्रो हुने र उव्जनी समेत धेरैमात्रामा हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुकुमपश्चिमले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेसंगै गोरखा जिल्लामा भागा भाग हँदै गर्दा मान्छेले मकै जोतेको र हेर्दा राम्रो र उत्पादनमा बढी देखिएको उनको भनाई छ । मकै जोतेपछी सहायक जराको उत्पादन हुने र हावाहुरीबाट समेत बचाउने गर्दछ ।





