कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको प्रभावशाली जित

एजेन्सी । कोपा अमेरिकाअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा पाराग्वेले बोलिभियालाई पराजित गरेको छ। बोलिभियाले सुरुवाती अग्रता जोगाउन नसक्दा पाराग्वेविरुद्ध ३–१ गोलको हार बेहोर्यो ।

एर्विन साभेद्राको गोलबाट बोलिभियाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। तर खेलको पहिलो हाफको थप गरिएको समयमा जाम क्युलर रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सिमित भयो।
पहिलो हाफमा १–० ले पछि रहेको पाराग्वेले दोस्रो हाफमा मौकाको फाइदा उठाउँदै ३ गोल गर्‍यो। एन्जेल रोमेरोले ६५ औँ र ८० औँ मिनेटमा गोल गरे भने अलेजान्द्रो रोमेरो ६२ औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–१ को जित सुनिश्चित गरे। यो जितसँगै समूह बी को पाराग्वे शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि आज बिहानको खेलमा यही समूहका अर्जेन्टिना र चिलीले १–१ गोल गर्दै अंक बाँडेका थिए।

कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको प्रभावशाली जित

एमालेको विरोधबीच कर्णालीको नीति तथा कार्यक्रम पारित

कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको प्रभावशाली जित

पाँचौँपटक युरो कप खेल्दै रोनाल्डो, चारवटा रेकर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *