एमालेको विरोधबीच कर्णालीको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतको आधारमा संसदबाट पारित भएको हो।

सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको प्रस्ताव बहुमतको आधारमा पारित भएको घोषणा गरेका हुन्। आज नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिएन ह्पि जारी गरेको थियो।

बैठकमा एमालेबाट मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सहभागी भएका थिएनन्। बैठकमा सहभागी सदस्यमध्ये माओवादीका १२, नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका एक जना सांसदले नीति तथा कार्यक्रम पास हुनुपर्ने पक्षमा हात उठाएका थिए।

एमालेको विरोधबीच कर्णालीको नीति तथा कार्यक्रम पारित

युरोकप : स्पेन र स्विडेन बराबरीमा रोकिए

Leave a comment

Your email address will not be published. Required fields are marked *