‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ 

कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्को कार्यक्रम बनाउने घोषणा गरेको हो ।

करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।

घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्को कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका छन् ।

धोकाको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धोका नदिएको र बरु मिलेन जान अग्रह गरेको बताए । अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको बिषयमा समेत राईले आफुलाई आधिकारी जानकारी नभएको बताए ।

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ 

रोल्पामा जिप दुर्घटना तीनजनाको मृत्यु‚

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ 

भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *