माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेता नेपाल निवास कोटेश्वरमा नेपाल र गौतमबीच भेटवार्ता भएको हो।

पार्टीभित्रका विवाद समाधान गरेर जाने विषयमा नेता नेपाल र उपाध्यक्ष गौतमबीच छलफल चलेको जानकारी प्राप्त भएको छ।

नेता नेपालको अडानकै कारणले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। विवाद समाधान कार्यदलले १० बुँदे सहमति बनाएर अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई बुझाइसकेको अवस्थामा देउवा प्रधानमन्त्री बनेपछि विवाद बढेको हो।

आफू नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार ल्याउन निर्णायक भूमिका खेलेपछि नेपालसँग ओली थप रुष्ट बनेको छन्। यस्तै, उपाध्यक्ष गौतमले भेट गर्नुअघि नेकपा ९माओवादी केन्द्र० का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेपालसँग भेटवार्ता गरेका थिए।

सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएसँगै नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!