चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

एजेन्सी । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउमा सोमबार एक होटलको भवन भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ। दुर्घटनामा सोमबारमात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो।

सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो। जियान्सु प्रान्तका अधिकारीहरूले बुधबार उक्त भवनमा परेर हराइरहेकामध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए। तीमध्ये आठ जनाको निधन भएको र अरू हराइरहेका चिनियाँ अधिकारीहरूले मंगलबार जनाएका थिए।

त्यसमा च्यापिएकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरूले काम गरिरहेका छन्। त्यसैगरी, सो भवन के कति कारणले भत्किएको हो भन्नेबारे अनुसन्धान शुरू भएको पनि प्रहरीले जानकारी दिएको छ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भवनमा परेकाहरूमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ।

चिनियाँ अधिकारीहरूले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन्।

चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

पाकिस्तान : गुडिरहेको बसमा बम हमला, ९

चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!