पाकिस्तान : गुडिरहेको बसमा बम हमला, ९ को मृत्यु, ३९ गम्भीर घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ। सो आक्रमणमा अरू ३९ जना घाइते भएका छन्।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए। बसमा बम हानेर अज्ञात व्यक्तिले ती ९ जनाको ज्यान लिएको बताइएको छ।

सो बसमा रहेका अरू ३९ जना नराम्ररी घाइते भएका छन्। सो प्रान्तको दासु क्षेत्रमा कामदारहरू लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरूले हमला गरेका थिए।

बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए। बसमा रहेका अरू घाइते यात्रुहरूमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन्। उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।

यहाँका सुरक्षाकर्मीहरूले उनीहरूलाई अस्पतालसम्म पुर्‍याएका छन्। उनीहरू उद्धारको काममा खटिरहेका बताइएको छ।यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन।

यहाँका सुरक्षाकर्मीहरूले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन्। अहिलेसम्म सो हमलाको जिम्मेवारी कुनै व्यक्ति या समूहले लिएको छैन।

पाकिस्तान : गुडिरहेको बसमा बम हमला, ९ को मृत्यु, ३९ गम्भीर घाइते

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन र लुटपाट, ७२

पाकिस्तान : गुडिरहेको बसमा बम हमला, ९ को मृत्यु, ३९ गम्भीर घाइते

चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!