कर्णाली सरककार थाल्याे कोभिडबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत दिन्

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाखका दरले राहत स्वरूप प्रदान गर्न थालिएको छ ।

पहिलो चरणमा एक सय ३२ जनालाई राहत स्वरूप रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा हाल सम्म कोरोना सङ्क्रमित मध्ये ३ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १ सय ३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केही दिनमा नै रकम वितरण गर्ने प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

हालसम्म ३ सय ४५ जनाका परिवारले क्षतिपूर्तिको माग सहित प्रदेश सरकारलाई निवेदन पेस गरेका छन् । पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उपलब्ध गराएको छ ।

अन्य व्यक्तिहरूको पनि तथ्याङ्क सङ्कलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् ।

कर्णाली सरककार थाल्याे कोभिडबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत दिन्

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

कर्णाली सरककार थाल्याे कोभिडबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत दिन्

५० प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप लगाउँदा पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!