लाखौंको आलु कुहियो

सल्यान  । आलु कुहिएपछि सल्यानका किसान मारमा परेका छन्। व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका–११ वाफुखोलाका किसानहरु मारमा परेका हुन्।

१० देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले पहिलोपटक यस्तो समस्या आएको बताएका छन्। आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताए। १५ रोपनीमा करिब २०० क्विन्टल आल्ु भएको र जसमा १० क्विन्टलभन्दा कुहिएको उनल बताए।

यस्तै, १०० क्विन्टल खनेकोमा २० क्विन्टल कुहिएको अर्का किसान केशरबहादुर वलीले बताए। आलुखेती जीविकोपार्जन गर्ने किसानहरु यो वर्ष ठूलो मारमा परेको उनको भनाइ छ। पाखापानी टोलमा मात्र सिजनमा एक हजार क्विन्टलभन्दा बढी आलु उत्पादन हुने गरेको तर यो सिजनमा गाउँभरको करिब ३०० क्विन्टल कुहिएको वलीले बताए। आलु कुहिएपछि माटो र आलु परीक्षणका लागि सुर्खेत पठाइएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

बागचौर नगरपालिका वडा ११ र १२ आलु पकेट क्षेत्रमा रुपमा चिनिने गर्छ। साविकको वाफुखोलाबाट मात्र वार्षिक १० करोड रुपैयाँभन्दा बढीको आलु निकासी हुने गरेको छ।

लाखौंको आलु कुहियो

बालकोट पुगे निवर्तमान प्रधानमन्त्री ओली

लाखौंको आलु कुहियो

दुर्गममा स्वास्थ्य स्वयंसेविका नै डाक्टर !

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!