२०८३ असार २ गते
×

Now Playing

बालकोट पुगे निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका छन्।

ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाडेका हुन्। बालुवाटारमा उनलाई नेकपा एमालेका कार्यकर्ता तथा शुभेच्छुकहरुले पचासौं मोटर र सयौं मोटरसाइकलमा बालकोटसम्म पुर्‍याएका थिए।

कार्यकर्ताहरुले उनको समर्थनमा ‘अगाडि बढ केपी बा, हामी तिम्रो साथमा छौं’ लगायत नारा लगाएका थिए।

उनको स्वागतमा कौशलटारबाट बालकोट जाने सडक खाली गराइएको थियो। ठाउँठाउँमा स्वागतका लागि घडा राखिएका थिए। पानी परेकाले सडकमा निस्केर स्वागत गर्ने चाहिँ कमै मात्र थिए।

बालकोट पुगे निवर्तमान प्रधानमन्त्री ओली

साउन १ देखि लामो दूरीमा गाडी चलाउन

बालकोट पुगे निवर्तमान प्रधानमन्त्री ओली

लाखौंको आलु कुहियो

Leave a comment

Your email address will not be published. Required fields are marked *