युरोकप : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी

काठमाडौं । युरो कप फुबलमा अस्ट्रियाले नर्थ मेसिडोनियालाई ३-१ गोलले पराजित गरेको छ। रोमानियाको बुकरेस्टमा भएको खेलको १८औं मिनेटमा स्टेफन लाइनरले गोल गर्दै असेट्रियालाई अग्रता दिलाएका थिए। पहिलो पटक युरोमा छनोट भएको नर्थ मेसिडोनियाका लागि गोरान पान्डेभले ऐतिहासिक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर, प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो। दोस्रो हाफमा मैदान प्रवेश गरेका मिकेल ग्रेगोरिट्स्चले ७८औं मिनेटमा गोल गर्दै पुनस् अस्ट्रियालाई अग्रता दिलाएका थिए।

निर्धारित समयको अन्तिम मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियाका लागि ३-१ को जित सुनिश्चित गरे। जितसँगै प्रतियोगिताको सुखद् सुरुआत गरेको अस्ट्रियाले शुक्रबार नेदरल्यान्ड्ससँग खेल्नेछ भने नर्थ मेसिडोनियाले बिहीबार युक्रेनको सामना गर्नेछ।

यस्तै गएराति नै भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। ​ आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे। युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए।

दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो। तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए। उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो। यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ।

युरोकप : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी

कोरोनाको तेस्रो लहर कसरी नियंत्रण गर्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!