२०८३ जेष्ठ ३० गते
×

Now Playing

डिशहोममा युरोकपको प्रत्यक्ष प्रशारण, नेपाली भाषामा कमेन्ट्री

काठमाडौं : नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरोकपको प्रत्यक्ष प्रशारण गर्नेभएको छ। डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो।

डिशहोमबाट हुने युरोकपको प्रत्यक्ष प्रशारण नेपाली र अंग्रजी दुवै भाषामा कमेन्ट्री सुन्न सकिने बताइएको छ। डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन्।

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सिम टिभी (च्यानल नम्बर १०५/९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ।

साथै‚ डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ ।

डिशहोममा युरोकपको प्रत्यक्ष प्रशारण, नेपाली भाषामा कमेन्ट्री

युरोकप : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी

डिशहोममा युरोकपको प्रत्यक्ष प्रशारण, नेपाली भाषामा कमेन्ट्री

आयोजक ब्राजिलले कोपा अमेरिकामा भेनेजुएलालाई हरायो

Leave a comment

Your email address will not be published. Required fields are marked *