अध्यक्ष नेपालको सुझाव : जाँडरक्सी खान नजानू

काठमाण्डौ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष समाजका विकृति विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरेका छन ।
शनिबार काठमाडौँमा पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खान नजानू भन्दै निर्देशन दिएका हुन् । उनले पत्रकारहरुलाई साँझ पर्ने बित्तिकै होटल, त्यो पनि पाँच तारे होटल धाइधाइकन नखाइकन निद्रै नलाग्ने अवस्था पक्कै छैन होला । त्यो कुरा गरेको थाहा पाएँ भने म राम्रो मान्दिनँ ।
पत्रकारहरुलाई कुनै पनि आर्थिक प्रलोभनमा नपर्न समेत उनले सुझाव दिए । साथै पार्टीका नेताहरुलाई समेत रक्सी नखान भनेका छन् । साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना आफूले पाएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।
फलानो मन्त्री रक्सी खाएर माते, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस्, उनको भनाइ थियो, सीधा कुरा( रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस् ।






