तीज गीतमा दीपाश्री र रजनीको छमछमी

काठमाडौं । अभिनेत्री दीपाश्री निरौला नेपाली कला क्षेत्रमा थुप्रै विधामा क्रियासिल छिन् । निर्माता, निर्देशक, कलाकारको परिचय बनाउन सफल उनी पछिल्लो समय मोडलिङमा समेत देखिँदै आएकी छन् । यस्तैमा दीपाश्रीले तीज गीतमा समेत नाचेकी छन् ।
हालै सार्वजनिक गरिएको तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियोमा उनले छमछमी कम्मर मर्काएकी हुन् । गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरको रहेको गीतमा गायक मल्लकै शब्द तथा संगीत रहेको छ । यो गीतका संगीत संयोजक योगेशकाजी हुन् ।
भिडियोमा दीपाश्रीसँगै रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी भान्जा, कमला लामिछाने लगायतको अभिनय छ । गजित विष्टको कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । राजु केसीको छायाँकन रहेको भिडियोको निर्देशन दीपाश्री निरौलाले नै गरेकी हुन् ।






