कुशेको दम्दालामा पाँच दिनपछी दुईजना मृत भेटिए

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका ५ दम्दालामा पाँच दिनपछी दुईजना मृत फेला परेका छन् ।
धान गोड्ने भनेर घरबाट गएका उनिहरु नजिकै रहेको खोलामा मृत भेटिएका हुन् ।
मृत भेटिनेमा कुशे ५ का जितबहादुर थापा र सोही ठाउँ वस्ने साइमल कामी रहेको स्थानियवासी कमान थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार धान गोड्न गएका उनिहरु पाँच दिनदेखि सम्पर्क विहिन भएका थिए । सम्पर्क विहिन लगतै स्थानियले खोजि कार्य गर्दा उनिहरु खोला किनारका मृत भेटिएका हुन् ।
हाल घटना स्थलमा प्रहरी पुगिसकेको छ । र सो घटनाको अनुसन्धान भइरहेको स्थानिय थापाले बताए ।






