विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोतोकान खेलाडीहरु सर्बियामा

सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियलहरु त्यसतर्फ लागेका छन् । कार्तिक २४ देखि २८ गतेसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

खेलाडीहरु चित्रबहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बिक, राजु दनुवार र निक्सन लामाले प्रतियोगितामा नेपालको चुनौती पेश गर्न लागेका हुन् । नेपाली टोलीको अफिसियलमा विजयलाल श्रेष्ठ छन् । खेलाडी तथा अफिसियललाई संघका उपाध्यष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले बिदाई गरेका हुन् ।

विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोतोकान खेलाडीहरु सर्बियामा

कर्णालीका नवनियुक्त प्रदेश प्रमुखको स्वागत

विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोतोकान खेलाडीहरु सर्बियामा

२४ घन्टामा देशभर ३ सय ९७ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *