जर्मनी कतार विश्वकपमा छनोट

यरोपियन छनोट अन्तर्गत समूह ‘जे’मा रहेको जर्मनीले २०२२ को कतार विश्वकपमा स्थान बनाएको छ। सन् २०१४ को विश्वविजेता जर्मनीले सोमबार भएको छनोट खेलमा नर्थ म्यासेडोनियालाई ४(० ले पराजित गर्दै कतार विश्वकप छनोट हुने पहिलो युरोपियन टिम बन्यो।

समूहमा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले विश्वकपको टिकट पक्का गरेको हो। जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ। यी दुवै खेलमा पराजित भए पनि जर्मनी समुहको उपविजेता बन्दै विश्वकपमा स्थान बनाउने छ।

समूहमा जर्मनीले ८ खेल खेल्दा ७ जित र १ हारको सामाना गरेको छ। जर्मनीले गत अप्रिलमा नर्थ म्यासेडोनियासँगै २(१ हो हार बेहोरेको थियो। हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले विश्वकप छनोटको सबै पाँच खेलमा सफलता हासिल गरेको छ।

हान्सी फ्लिक युरोकपपछि जर्मनीको प्रशिक्षक बनेका थिए। त्यसपछि जर्मनीले सबै खेल विश्वकप छनोटमै खेलेको थियो। त्यसअघि जोचिम लोको नेतृत्वमा जर्मनील कतार विश्वकपको छनोटको तीन खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो।

सोमबार राति जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे। घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा समालिन सकेन।

जितसँगै समूहमा जर्मनीको ८ खेलबाट २१ अंक रहेको छ। पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। अर्मेनिया १२ अंकसहित चौथो स्थानमा छ। आइसल्यान्डको ८ तथा लिचेस्टाइनको १ अंक छ।विश्वकप आगामी वर्ष २१ नोभेम्वर देखि १८ डिसेम्वरसम्म कतारमा हुँदैछ।

जर्मनी कतार विश्वकपमा छनोट

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

जर्मनी कतार विश्वकपमा छनोट

कहिले बन्छ वीरेन्द्रनगरमा ‘वान वे’ सडक

Leave a comment

Your email address will not be published. Required fields are marked *