भाजपाका केन्द्रीय उपाध्यक्ष नै त्रिणमूल कांग्रेसमा प्रवेश

एजेन्सी । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय उपाध्यक्ष मुकुल रायले सो पार्टी परित्याग गरेका छन् ।
उनी आफ्ना छोरा सुभ्रान्सुसहित त्रिणमूल कांग्रेस (टीएमसी) मा प्रवेश गरेका हुन् ।
मुकुल सन् २०१७ अघि त्रिणमूल पार्टीमै थिए। सो पार्टीकी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग मनमुटाव भएपछि उनी भाजपामा प्रवेश गरेका थिए ।
भाजपाले उनलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको थियो। भाजपाप्रति ममता निकै कठोरतापूर्वक प्रस्तुत हुने गरेकी छिन् ।
पार्टी कार्यालयमा मुकुललाई स्वागत गर्दै ममताले उनी टीएमसीकै सदस्य रहेको र चुनाव अभियानका क्रममा पनि टीएमसीको विरोधमा कुनै कुरा नगरेको बताएकी बीबीसी हिन्दीमा खबर छ ।






