आर्थिक अभावले सल्यानमा एक वालकको उपचार हुनै सकेन्

दुर्गा विसि

सल्यान । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा ५ खैरागारका एक वालक आर्थिक अभावले उपचार हुन सकिरहेको छैन । बाबुको मृत्युसँगै घरमा कमाउने कोहि नभएका कारण उनले उपचार पाउन सकिरहेका छैनन् ।

गाउँमै रहेको भगवती निमावि कक्षा ६ मा पढ्दै गरेका ११ वर्षिया खुमाल राना अहिले भने उनको तल्लो शरीर चल्न छोडेको छ ।बैशाखिको साहारामा अडेस लाग्ने गरे पनि अहिले झन समस्या हुदै गरेको आमा कुमारी रानाको दुखेसो छ ।बाबू विहिन वालक अहिले उपचार अभामै जिउन वाध्य छन् ।

घरमा कमाउने कजाउने अभिभावक गुमाएसँगै विरामि परेको छोरा उपचारका लागि कुमारीसँग कुनै गासको जोह गर्ने वाहेक अरु उपाए भएन ६ वर्ष अघि बाबू बुद्धि रानाको कलिलो उमेरमै मृत्यु भयो भने त्यसको २ वर्ष पछि छोरा विरामि परेको कुमारीको भनाइ रहेको छ।छोराको अहिले अवस्था झन नाजुक बन्दै गएको उनले बताइन ।घरमा खानको जोह गर्नै मुस्किल छ ।

उपचार कसरी गर्ने कुनै उपाए छैन ।सिकिस्त छोरालाइ अहिलेसम्म डाक्टर कहाँ नलिएको वरु धामीझाँक्री धेरै गरेको उनको भनाइ छ । केही महिना अघि गाउँकै एक युवा प्रेम रानाले समाजिक सञ्जाल मार्फत उनको अवस्था देखाइ केही सहयोग उठेको थियो । आज घरमै पुगि सो उठेको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

५५ हजार ५ सय रुपैया रकम घरमै पुगि उपचारमा सहयोग हुने उदेश्यले कुमारी रानालाइ हस्तान्तरण गरिएको छ । कम्मरको तल्लो शरिरि नचल्ने,दुबै खुट्टा चलाएमान नहुदा हिडुल, उठ वसमा समस्या हुने गरेको छ ।शौचालय लिन ल्याउदा उनलाई उठाउन अहिले दुई जनाको आवश्यकता पर्छ ।

अरु दुई छोरा सानै उमेरका हुदा निकै समस्या हुने गरेको छ । उपचार पाए उक्त वालकको समस्या निराकरण हुने समेत जनाएको छ ।तर आर्थिक जोह नजुट्दा उपचारमा समेत समस्या देखिएको छ । श्रीमान गुमाउदाको पिडा एकातिर छदै थियोे अर्कोतिर छोरा विरामि भए पछि झन दुख थपिएको छ । अहिले उनलाई छोराको समान्य उपचार गराउन सक्ने अवस्था समेत नरहेको नाजुक छ ।

आर्थिक अभावले सल्यानमा एक वालकको उपचार हुनै सकेन्

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!