काेरानाबाट मृत्यु भएका घरपरिवारलाई महिला सहयात्राकाे सहयोग

दुर्गा विसि

सल्यान । सल्यान सल्लिवजारमा रहेको महिला सहयत्रा लघु बित्त बित्तिय संस्था लिमपटेड शाखा कार्यालय आम्राले काेराेनाबाट मृत्यु भएका घरपरिवारका सदस्यलाई धेरै ठुलो रकम सहयोग गरेको छ ।

करिब ३ घर परिवारका मृतकका आफ्न्तलाइ ६ लाख २० हजार रकम नगदै सहयोग गरेको छ ।संस्थाले नगर प्रमुख गाेविन्द कुमार पुन मार्फत आज एक कार्यक्रमका विच सहयोग रकम हस्तान्तरण गरेको छ ।

संस्थाको सदस्य परिवारकाे जाेखिम वहनका लागि यस्ताे कदमलाई सबैले उच्च प्रसंसा गरेका छन् । याे संस्था उल्लेखनीय काम प्रती नगर पुनले धन्यवाद समेत दिएका छन् ।

महिला सहयात्रा वित्तिय सेवा संचालित केन्द्र नं.२ कि सदस्य निता श्रेष्ठकाे श्रिमान सालिगराम श्रेष्ठकाे कालगतिले मृत्यु भएकालेे ३ लाख, केन्द्र नं. ८ कि सदस्य पवित्रा श्रेष्ठ भडेलकाे श्रीमान सैलेन्द्र दास श्रेष्ठको काेरनाकाे कारणले मृत्यु भएकाेले ३ लाख र केन्द्र नं.३३  कि सदस्य पुर्न कला बुढाकाे श्रीमान डिल्ली बुढाकाे काेरनाकै कारणले मृत्यु भएकोले २० हजार गरि ३ वटा केन्द्रका सदस्यहरुलाई कर्जा विमा मार्फतको रकम सम्पुर्ण सदस्यहरुको उपस्थितिमा शाखा कार्यालय आम्रा सल्यानका शाखा प्रमुख डिल्लिराज बुढाथाेकी नगर प्रमुख पुन मार्फत ६ लाख २० हजार रुपैया हस्तान्तरण गरियो ।याे कार्य निकै राम्रो भएको र मृतक परिवारका घर परिवारलाई सान्त्वना स्वरुप याे रकम थारै राहत दिने जनाएको छ ।

महिला सहयात्रा जस्तै यश क्षेत्रमा कृयाशिल अन्य संघसंस्थाले समेत महामारीमा हातेमालो गरे सहजिकरण हुने जनाएको छ ।

काेरानाबाट मृत्यु भएका घरपरिवारलाई महिला सहयात्राकाे सहयोग

आर्थिक अभावले सल्यानमा एक वालकको उपचार हुनै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!