१५ हजार परीक्षण गर्दा थपिए ३७ सय ४९ संक्रमित, ५९ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार दुई सय ३८ जनामा कोरोना परीक्षण गरिएको थियो ।

त्यस्तै मन्त्रालयले कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार दुई सय ३६ जना पुगेको छ। पछिल्लो समय पाँच हजार दुई सय ९३ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा काठमाडौंमा पाँच सय ४०, भक्तपुरमा ९९ र ललितपुरमा एक सय २५ गरी कुल सात सय ६४ जना कोरोना संक्रमित भेटिएको छ।

१५ हजार परीक्षण गर्दा थपिए ३७ सय ४९ संक्रमित, ५९ जनाको मृत्यु

प्रदेश आयुर्वेद अस्पतालका डाक्टर माथि हातपात, थप

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!