गृहमन्त्रीमा खगराज अधिकारी, पूर्वगृहमन्त्री बादल पत्नी सन्चारमन्त्री बन्ने चर्चा (मन्त्रीको नामावलीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कर्णालीका मोहन वानियाँ विनाविभागीय, कैलालीका नारदमुनी राना वनमन्त्री र नैनकला थापा पनि मन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सन्चारमन्त्री बन्ने चर्चा छ ।

यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।

मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।

गृहमन्त्रीमा खगराज अधिकारी, पूर्वगृहमन्त्री  बादल पत्नी सन्चारमन्त्री बन्ने चर्चा  (मन्त्रीको नामावलीसहित)

लोपोन्मुख वनकरिया समुदाय अझै सुकुम्बासी

गृहमन्त्रीमा खगराज अधिकारी, पूर्वगृहमन्त्री  बादल पत्नी सन्चारमन्त्री बन्ने चर्चा  (मन्त्रीको नामावलीसहित)

पत्नीलाई मन्त्री बनाएर बादललाई ओलीको सान्त्वना !

Leave a comment

Your email address will not be published. Required fields are marked *