साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई

काठमाडाैं : दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिप आयोजनाको जिम्मेवारी माल्दिभ्सलाई दिने निर्णय गरेको हो।

च्याम्पियनसिप १ देखि १५ अक्टोबरसम्म आयोजना हुनेछ। साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो। यसअघि बंगलादेशमा प्रतियोगिता हुने तय भए पनि बंगलादेशले कोभिडको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने जानकारी गराएको थियो।

त्यसपछि साफले आयोजना गर्न उत्सुक रहेको नेपाल र माल्दिभ्सलाई विस्तृत प्रस्ताव पठाउन भनेको थियो। नेपालले सोहीअनुसार करिब १० करोड रकमसहित विस्तृत प्रस्ताव साफमा पठाएको थियो।

एन्फाले नेपाल सरकारले ५ करोड दिने सुनिश्चित गरेकाले अर्थमन्त्रालयलाई धन्यवादसमेत दिएको थियो। माल्दिभ्सले पनि एक साताअघि विस्तृत प्रस्ताव पठाएको थियो।

साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई

खोप खरिदमा अनियमितता, कारबाही गर्न समितिको निर्देशन

साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई

साम्राज्ञीसँग जीतुको रोमान्स !

Leave a comment

Your email address will not be published. Required fields are marked *