मेस्सीले छाडे बार्सिलोना

एजेन्सी  : स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले विज्ञप्ति जारी गर्दै क्लबसँग नयाँ सम्झौता नभएको र मेस्सीले बार्सिलोना छाड्ने जनाएको हो।

क्लबले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

२००० देखी बार्सिलोनामा रहेका ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए।

बार्सिलोनालाई सबै खाले उपाधि जिताएका मेस्सीले क्लबमा एकपछि अर्को कीर्तिमान बनाएका छन्। उनले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे।

मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए। ६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाट क्लबसँगको सम्झौताबाट फ्री भएका थिए।

मेस्सीले छाडे बार्सिलोना

भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा

मेस्सीले छाडे बार्सिलोना

टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित चीनको शीर्ष स्थान

Leave a comment

Your email address will not be published. Required fields are marked *