टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित चीनको शीर्ष स्थान कायमै

एजेन्सी । टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित कुल ७४ पदक जित्दै चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। उसले २४ रजत र १६ कास्य पदक जितेको छ।

दोस्रो स्थानमा रहेको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्यसहित कुल ९१ पदक जितेको छ। आयोजक जापान कुल ४६ पदकसहित तेस्रो स्थानमा छ। उसले २२ स्वर्ण, १० रजत र १४ कास्य पदक हात पारेको छ।

चौथो स्थानमा रहेको अष्ट्रेलियाले १७ स्वर्ण, ५ रजत र १९ कास्यसहित ४१ र पाँचौ स्थानको रुसी ओलम्पिक कमिटीले १६ स्वर्ण, २२ रजत र २० कास्यसहित कुल ५८ पदक जितेका छन्।

वेलायत, जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्ड्स क्रमशः छैठौंदेखि दशौं स्थानमा छन्। हालसम्म कुल ६३ देशले स्वर्णपदक जितेका छन् भने कुनै न कुनै पदक जित्नै देशको संख्या ८८ पुगेको छ।

टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित चीनको शीर्ष स्थान कायमै

मेस्सीले छाडे बार्सिलोना

टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित चीनको शीर्ष स्थान कायमै

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *