भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

एजेन्सी । भारतीय पुरुष हक्की टिमले चार दशकपछि ओलम्पिकमा पदक जितेको छ। टिमले ४१ वर्षपछि हक्कीमा पदकको खडेरी अन्त गरेको हो।

ओलम्पिकअन्तर्गत कांस्य पदकका लागि भएको भिडन्तमा जर्मनीमाथि भारतले ५-४ को संघर्षपूर्ण जित निकाल्दै पदक पक्का गरेको थियो।

पछिल्लो पटक भारतले १९८० मा मस्को ओलम्पिकमा भारतले वासुदेवन भास्करनको कप्तानीमा हक्कीमा स्वर्ण पदक जितेको थियो।

दोस्रो क्वाटरमा ३-१ ले पछि रहेको भारतले आकर्षक पुनरागमन सम्‍भव बनाउँदै लगातार ४ गोल गर्‍यो। चौंथो क्वाटरमा जर्मनीले एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त रहेन।

जितपछि भारतीय कप्तान मनप्रित सिंहले ओलम्पिकमा खेलाडीले असाध्यै मिहिनेत गरेको बताए।

उनले सुरुदेखि अन्तिमसम्म राम्रो प्रयास गरेको भन्दै मेडलका लागि टिम हकदार भएको बताए। भारतका लागि सिमरनजित सिंहले दुई तथा हार्दिक सिंह, हरमप्रित सिंह तथा रूपिंदर पाल सिंहले समान १-१ गोल गरे।

भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

यौन क्रियाकलापको अखडा बनेपछि स्थानीयले लगाए सटरमा

भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

मेस्सीले छाडे बार्सिलोना

Leave a comment

Your email address will not be published. Required fields are marked *