‘अनलाइनबाट परीक्षा लिन र प्राध्यापकलाई सिंधै स्थानीय नियुक्ती दिन सकिन्न’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अनलाइन माध्यमबाट परीक्षा लिन नसकिने जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले कुनै पनि हालतमा अनलाईन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने जनाएको हो ।

‘विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, बैधानिकता तथा बिद्यार्थीको भविष्यलाईसमेत मध्यनजर गर्दै विश्वविद्यालयले उक्त माग पुरा गर्न नसकिने कुरा अवगत गराईन्छ’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, क्रान्तिकारी अनेरास्ववियु र अखिल (छैटौं) ले अनलाइनबाट माध्ययबाट परीक्षा हुनुपर्ने लगायतका १८ बुँदे माग गरेर आन्दोलन गर्दै आएका छन् । विद्यार्थीको आन्दोलनकै कारण विभिन्न तह र सेमेष्टरका बार्षिक परीक्षाहरु स्थगित भएका छन् ।

विश्वविद्यालय उच्चस्तरिय समस्या समाधान समितिले विभिन्न संगठनका विद्यार्थीहरुलाई पत्र नै पठाएर वार्तामा आउन अनुरोध गरेको छ । वार्ताका माध्यमबाट माग सम्बोधन गर्ने प्रयास गर्दा गर्दै पनि आन्दोलनरत पक्षले वेवास्ता गरेमा विश्वविद्यालयमा अध्ययनरत समग्र विद्यार्थीहरुको हितलाई मध्यनजर गरी स्थगित भएका सम्पूर्ण परीक्षाहरुको समय तालिका सार्वजनिक गरी सञ्चालन गर्न विश्वविद्यालय बाध्य हुने जनाएको छ ।

अनलाइनबाट परीक्षा बाहेकका अन्य मागहरु संवाद, सहमति र छलफलबाट समाधान गर्न सकिने विश्वविद्यालयका सूचना प्रविधि अधिकृत पञ्चदेव भट्टले बताए । यस्तै बर्खास्त भएका प्राध्यापक ई. विश्वनाथप्रसाद यादवको पुनर्वहाली र सम्पूर्ण आंशिक प्राध्यापकलाई करार र करारलाई स्थायी गर्न नियुक्त गर्न नसकिने पनि विश्वविद्यालयले जनाएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघले यादवको पुर्नवहाली, आंशिकलाइ करार र करारलाई स्थायी गर्नुपर्ने लगायतमा माग राखेर आन्दोलन गर्दै आएका छन् ।

‘अनलाइनबाट परीक्षा लिन र प्राध्यापकलाई सिंधै स्थानीय नियुक्ती दिन सकिन्न’

भिरबाट लडेर दैलेखमा एक महिलाको मृत्यु

‘अनलाइनबाट परीक्षा लिन र प्राध्यापकलाई सिंधै स्थानीय नियुक्ती दिन सकिन्न’

देउवाको ‘भिडियो प्रचार’ बन्द गर्न महामन्त्री खड्काको

Leave a comment

Your email address will not be published. Required fields are marked *