२०८३ जेष्ठ ३० गते
×

Now Playing

देउवाको ‘भिडियो प्रचार’ बन्द गर्न महामन्त्री खड्काको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सुरु गरिएको भिडियो प्रचारको चर्को आलोचना भएपछि खड्काले तत्काल ‘भिडियो जात्रा’ बन्द गर्न आग्रह गरेका हुन्।

खड्काले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री सचिवालयलाई आग्रह गर्दै लेखेका छन्, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताबीच स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु।’

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि देउवाको भिडियो प्रचार बन्द गर्नुपर्ने बताएका थिए।

देउवाको ‘भिडियो प्रचार’ बन्द गर्न महामन्त्री खड्काको आग्रह

‘अनलाइनबाट परीक्षा लिन र प्राध्यापकलाई सिंधै स्थानीय

देउवाको ‘भिडियो प्रचार’ बन्द गर्न महामन्त्री खड्काको आग्रह

हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *