पाैने पाँच सय ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पौने पाँच सय ग्राम सुनसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङको मझुवागढी नगरपालिका–१३ का ४१ वर्षीय अम्बर चाम्लिङ छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीबाट आठ वटा सुनको बाला र दुई वटा औंठी गरी चार सय ७४ ग्राम सुन बरामद गरेको जानकारी दिए।

प्रहरीका अनुसार बरामद गरिएको सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ। बास्तोलाका अनुसार बिहान करिब सवा ८ बजे रिसब विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा बसिरहेका थिए। उनलाई शंकास्पद रूपमा देखेपछि प्रहरीले निगरानी गरेको थियो।

साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएका यात्रुहरूबाट उनले गहना संकलन गर्दै गरेको बाँस्तोलाले बताए। ‘जजिराबाट आएका विभिन्न यात्रुहरूलाई गहना लगाउन लगाएर भन्सार छलि गरी ल्याएको प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरिएको हो’ बास्तोलाले भने,‘विदेशबाट आएकाहरूलाई उतैदेखि नै भरिया बनाएर ल्याए। सबैलाई एउटा–एउटा लगाएर पठाए। त्यही सुन संकलन गर्न उनीहरू बाहिर बसेको देखियो।’

सुन संकलन गरिसकेपछि उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए। सुरुमा रिसबलाई पक्राउ गरेको प्रहरीले उनीसँग सोधपुछपछि तिलगंगास्थित खोटाङ हलेसी गेष्ट हाउस संचालन गरिरहेका चाम्लिङलाई पनि पक्राउ गरेको जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ। बुधबारमात्रै प्रहरीले सिनामंगलस्थित एक होटलबाट एक किलो आठ सय ६६ ग्राम सुनसहित तीन जना भारतीयलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरु पनि सुन संकलक रहेको जनाएको छ।

पाैने पाँच सय ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

पाैने पाँच सय ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

पोल्याण्ड पुगिन् मिस नेपाल सुप्रानेशनल सिमल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!