ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन्।

उनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन्।

‘विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुपूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नुभएका वा अन्यत्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडी बढ्नु हुन हार्दिक अपिल गरिन्छ’, विज्ञप्तीमा भनिएको छ।

महन्थ ठाकुरले भने निर्वाचन आयोगले यादव पक्षलाई दलको मान्यता दिनुले आफूहरु मर्कामा परेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन्। रिटमा बुधबार सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ ।

ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ साउनमा आह्‍वान

ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

पाैने पाँच सय ग्राम सुनसहित विमानस्थलबाट दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *