लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ साउनमा आह्‍वान

काठमाडौं : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। उनले साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।

लुम्बिनी प्रदेशमा विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालिसकेका छन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए।

विपक्षी दलहरुले ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाइसकेका थिए। सोमबार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुखलाई भेटेर संयुक्त निवेदन दिएका थिए।

प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीसहितले निवेदन बुझाएका हुन्।

लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ साउनमा आह्‍वान

अमेरिकामा आगामी चार हप्तासम्म कोरोना संक्रमण र

लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ साउनमा आह्‍वान

ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

Leave a comment

Your email address will not be published. Required fields are marked *