अमेरिकामा आगामी चार हप्तासम्म कोरोना संक्रमण र मृत्युदर बढ्न सक्ने

एजेन्सी । अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ। पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ।

त्यसैगरी कतिपय अस्पतालमा कोभिड सङ्क्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ। अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमित बढ्नसक्ने बताइएको छ।

सो संस्थाका अनुसार आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्यु दर पनि बढ्न सक्ने अनुमान गरिएको छ।

सो संस्थाले बुधबार विज्ञप्ति प्रकाशसित गर्दै कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकोले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ।

आगामी चार हप्ता अर्थात् अगष्ट महिनाको २८ तारिखसम्ममा दुई हजार ३०० देखि बढीमा नौ हजारसम्म मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यी चार हप्तामा बढीमा २४ हजार जना जति सङ्क्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा तीन लाख ५० हजार देखि १८ लाखसम्म नै नयाँ सङ्क्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ।

बुधबारसम्म यहाँ ६ लाख १४ हजार ७०० जनाको निधन भएको छ। यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि सङ्क्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ। केही दिन यता यो सङ्क्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ जना कोभिडका सङ्क्रमित हुन पुगेका छन्।

अमेरिकामा आगामी चार हप्तासम्म कोरोना संक्रमण र मृत्युदर बढ्न सक्ने

लेबनानद्वारा विश्व समुदायसँग सहयोगको याचना

अमेरिकामा आगामी चार हप्तासम्म कोरोना संक्रमण र मृत्युदर बढ्न सक्ने

लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ साउनमा आह्‍वान

Leave a comment

Your email address will not be published. Required fields are marked *