एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य भयोः उपकुलपति सिंह

सुर्खेत, २१ पुस ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य भएको बताएका छन् । स्थायी जागिर विश्वविद्यालयमा तर विभिन्न कलेजमा पढाउने शिक्षकलाई एमयूले कडाई गरेको हो । उपकुलपति सिंहले स्थायी र करार प्राध्यापकले दैनिक ७ घण्टा अनिवार्य रूपमा विश्वविद्यालयमा बिताउनुपर्ने प्रावधानलाई कडाइका साथ लागू गरिएको बताए । मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले मनलाग्दी तबरले कक्षा दिएर एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य गरिएको बताएका हुन् ।उनले एमयूमा जागिर खाएर अन्य कजलेमा चहार्दै हिँड्ने दिन गएको बताए । आवश्यक परे कलेजको अनुगमन समेत गर्ने उनको भनाई छ ।

स्थायी र करार प्राध्यापकले अन्यत्र बढी समय दिँदा विश्वविद्यालयले अनावश्यक रूपमा ‘पार्ट टाइम’ र कोर्स करारमा शिक्षक राख्ने गरिएको थियो । गत फागुनमा उपकुलपति नियुक्त भएपछि सिंहले कोर्स करारमा रहेका सबै शिक्षकलाई सेवामुक्त गरेका छन् । विश्वविद्यालयको ऐन र नियमावलीमा स्कुल अफ म्यानेजमेन्ट (मुसोम) बाहेक अन्यत्र कोर्स करारमा राख्न पाइने व्यवस्था नभएको उनले बताए ।

भएका जनशक्तिलाई पूर्ण रूपमा काम दिन र अनावश्यक जनशक्ति नथोपर्न विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारीले अनिवार्य पढाउनुपर्ने निर्णय पनि गरेको छ । उपकुलपति सिंहले ओभरटाइम (ओटी) खाने प्रवृत्तिको अन्त्य गर्न र पदाधिकारीको जिम्मेवारीमा रहेका प्राध्यापकलाई प्राध्यापन पेसासँग जोडिराख्न यस्तो निर्णय गरिएको बताए ।
उनका अनुसार उपकुलपति र रजिस्ट्रारले महिनामा २ कक्षा, डिन, कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले महिनामा ४ कक्षा, सहायक डिनले महिनामा ६ कक्षा, क्याम्पस प्रमुखले महिनामा ८ कक्षा र सहायक क्याम्पस प्रमुखले नियमितसरह कक्षा लिनुपर्ने निर्णय गरिएको छ ।

एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य भयोः उपकुलपति सिंह

कक्षा १२ को रिजल्ट माघ पहिलो साता

एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य भयोः उपकुलपति सिंह

कविता छाड्नुस उखान सग्रह निकालाै‌

Leave a comment

Your email address will not be published. Required fields are marked *