कक्षा १२ को रिजल्ट माघ पहिलो साता आउने

काठमाडौं, २१ पुस ।

कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ। यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ। अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ।

धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। उनका अनुसार त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको छ।

काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उनको भनाइ छ। ढिलोमा माघ पहिलो सातासम्म नतिजा आउँछ, सदस्यसचिव अर्यालले भने।

यस वर्षको कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म चलेको थियो। परीक्षामा चार लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी थिए।

कोरोना महामारी कारण लामो समय परीक्षा हुन सकेको थिएन। गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो।

कक्षा १२ को रिजल्ट माघ पहिलो साता आउने

आत्मनिर्भर बन्दै महिलाहरु

कक्षा १२ को रिजल्ट माघ पहिलो साता आउने

एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य भयोः

Leave a comment

Your email address will not be published. Required fields are marked *