आत्मनिर्भर बन्दै महिलाहरु

सुर्खेत, २१ पुस ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ सिद्धपुरकी रत्ना रिमालले १८ वर्षकै उमेरमा विहे गरिन् । विहे गरेको दुई वर्षमा छोरीलाई जन्म दिइन् । छोरी जन्मिएपछि पैसा कमाउन भन्दै उनका श्रीमान् कालापहाड गए । तर १४ वर्ष वित्यो । उनको श्रीमान् घर फर्किएका छैनन् ।

पैसा कमाउने उद्देश्यले कालापहाड गएका श्रीमान् नफर्किएपछि रत्नालाई घर व्यवहार चलाउन धौ–धौ भयो । कक्षा १० पढ्ने छोरीको पढाइ खर्च जुटाउन र घर व्यवहार धान्न उनलाई हम्मेहम्मे भयो । तर रत्नाको दुःखको साथी बन्यो सुर्खेतमा रहेको आवाज संस्थाले संचालन गरिरहेको न्यायको पहुँच कार्यक्रम । संस्थाले २०७४ सालमा बाख्रापालनका लागि उनलाई १५ हजार रुपैयाँ सहयोग ग¥यो । तीन वर्षमा बाख्राको संख्या सात पुग्यो । त्यसपछि रत्नाले ६ वटा बाख्रा बिक्री गरेर ९० हजार रुपैयाँमा दुहुनो भैसी किनिन् । भैसी किनेपछि रत्नाको आर्थिक अवस्था उल्लेख सुधार आयो । अहिले साँझ र विहान गरी दैनिक १० लिटर दुध बिक्री गर्छिन् । दुध बिक्रीबाट आएको आम्दानीले घर व्यवहार चलाउन सहज भएको छ । उनले छोरीलाई बुवाको अभाव भएको महसुससमेत गर्न दिएकी छैनन् ।

पञ्चपुरी–२ बग्यानकी तुल्सी वयकको आर्थिक अवस्था पनि अवस्था उस्तै छ । कालापहडा गएका श्रीमान् सात वर्षदेखि सम्पर्कविहीन छन् । तर चार छोरी र एक छोरीको सम्पूर्ण खर्च उनी एक्लैले धान्नु परेको छ । तुल्सीको दुःखको घाउमा पनि आवाज संस्थाको न्यायको पहुँच कार्यक्रमले मलम लगाउने प्रयास गरेको छ । बाख्रापालनबाट मनग्य आम्दानी गर्न सक्ने भन्दै संस्थाले उनलाई चार वटा बाख्रा दिएको छ । खसीबाख्रा बिक्रीबाट हुने आम्दानीले तुल्सीलाई घर व्यवहार धान्न सहज भएको छ । त्यस्तै पञ्चपुरी–१ दहखालकी पार्वती बुढाथोकीको पनि आवाजले आर्थिक अवस्था सुधार्नको लागि सहयात्री बनेको छ । २०७४ साल अघिसम्म दैनिक ज्याला मजदुरी गरेर पाँच जना छोराछोरीलाई लालनपालन गर्ने पार्वतीका अहिले दिन बदलिएका छन् ।

आवाज संस्थाले दिएको तीन वटा बाख्राबाट अहिले २० वटा बाख्रापालन गरेकी छिन् । खसी र बाख्रा बिक्रीबाट आएको आम्दानीले घरखर्च चलाउन सहज मात्रै भएको छैन, उनको दैनिक ज्याला मजदुरी गर्नुपर्ने बाध्यता हटेको छ । रत्ना, तुल्सी र पार्वती मात्रै होइन, आवाज संस्थाको न्यायमा पहुँच कार्यक्रमले दुईसय ३२ जना महिलाको आर्थिक अवस्था सुधार्ने प्रयास गरेको छ । आवाजको थोरै सहयोगले महिलाहरु आर्थिक क्षेत्रमा अब्बल हुन थालेका छन् । बाख्रापालन गरेकाहरु थप आम्दानी बढाउन भैसीपालन गर्न थालेका छन् । बर्षाैदेखि श्रीमान्को सहारा नपाएकाहरुले पनि निर्धक्क घरधन्दा चलाउन सक्ने भएका छन् । आवाजकै सहाराका कारण महिलाहरुले परिवारमा श्रीमान्को पनि जिम्मेवारी पनि निभाउँदै आएका छन् । आम्दानीको स्रोत बढेपछि ति महिलाहरुले छोराछोरीलाई बुवाको अभाव महसुस गर्न दिएका छैनन् । आवाजले चार वर्षको अवधिमा दुईसय ३२ जना विपन्न समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाएको छ । यसले उनीहरुको जीवनस्तरमा सुधार आएको छ ।

विपन्नको सहारा बन्दै आवाज

महिला तथा वालबालिकाको गरेको जनाएको छ । क्षेत्रमा क्रियाशिल आवाज संस्था पछिल्लो समय विपन्न समुदायको सारथी बनेको छ । आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले दिएको जानकारी अनुसार सन् २०२० मा मात्रै एकसय ९४ वटा विपन्न महिला र बालबालिकालाई सहारा दिइएको छ । यस्तै संस्थाले सन् २०२० मा ४१ वटा बालविवाह रोकेको छ । त्यस्तै ४१ जना अलपत्र महिला र आठ जना सडक बालबालिकाको उद्दार, ७७ जना शारीरिक, मानसिक तथा आर्थिक हिंसापीडित महिलालाई न्याय, बेचबिखन ओसारपसारमा परेका तथा जबरजस्ती श्रमबाटपीडित दुईजना बालिकाको उद्दार र २७ जना जवरजस्ती करणीका पीडितलाई न्याय दिलाउन सहयोग गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै यो संस्थाले सन् २०२० मा गरेका गतिविधिको बारेमा जानकारी दिएको हो । यसैगरी सन् २०२० मा जनजाति समुदायका २८ बालिका, आठ बालक, दलित समुदायका ४४ बालिका, २२ बालक, अन्य समुदायका ६३ बालिका र २८ बालक गरी जम्मा एकसय ३५ बालिका तथा ५८ बालक गरी कुल एकसय ९४ जना बालबालिकाको उद्दार गरिएको संस्थाका कार्यक्रम संयोजक सुशील कार्कीले जानकारी दिए । उनका अनुसार बाल हेल्पलाइन १० ९८ मा फोन सम्पर्क गरेर समस्यामा परेका यी बालबालिकाको संस्थाले उद्दार गरेको हो ।

महिला र युवामा लगानी

सामाजिक काममा क्रियाशिल आवाज संस्थाले विपन्न समुदायका महिला तथा युवाहरुको आर्थिक अवस्था सुधारको लागि झण्डै आधा करोड रुपैयाँ लगानी गरेको छ । विपन्न समुदायको आर्थिक अवस्था सुधार्न ४० लाख ५३ हजार आठसय ७७ रुपैयाँ लगानी गरेको आवाज अन्तर्गतको न्याय पहुँच कार्यक्रम संयोजक सुशील कार्कीले जानकारी दिए । उनका सन् २०१६ मा २९ जना महिला र आठ जना युवा गरी ३७ जना, २०१७ मा ३६ जना महिला र आठ जना युवा गरी ४६ जना, २०१८ मा ३२ जना महिला र आठ जना युवा गरी ४५ जना, २०१९ मा ४७ जना महिला र ११ जना युवा गरी ५८ जना र २०२० मा ८८ जना महिला र ३३ जना युवा गरी कुल तीनसय ६ जनाको आयआर्जनमा सहयोग महिला तथा वालबालिकाको गरेको जनाएको छ ।

आत्मनिर्भर बन्दै महिलाहरु

कक्षा १२ को रिजल्ट माघ पहिलो साता

Leave a comment

Your email address will not be published. Required fields are marked *