सिमकोट विमानस्थलको हिउँ गाडीबाट पन्छाइयो, रोकिएका जहाज उडे

हुम्ला, २१ पुस ।

आईतवारबाट हिमपात हुदा सिमकोट विमानस्थलमा रोकिएका दुईवटा जहाजले उडान भर्ने कार्य गर्न सफल भएका छन्। नागरिक उड्डयान प्राधिकरणका सिमकोट शाखासंग भएको हिउँ फाल्ने गाडीबाट बिमान स्थलमा जमेको हिउँ पन्छाए पनि जहाज उड्न सफल भएका हुन।

आईतवारबाट लगातार भई रहेको हिमपातको कारण हवाई सेवा बन्द भएको भएपनि केही बेर हिमपात रोकिदा गाडीबाट बिमानस्थलमा जमेको आधा फिट हिउँ पन्छाए पछि जहाजलाई नेपालगंजका फिर्ता पठाउन सफल भएको प्राधिकरण सिमकोट शाखाका प्रमुख बिष्णु प्रसाद अधिकारीले बताए । दिनभर मौसम सफा नभएपनि केही बेर हिमपात रोकिदा बिमानस्थल सफा गर्न सफल भएको उनले बताए।

हिमपातको कारण तारा एयरलाईन्सका दुई वटा ट्वीनीटर बिमान सिमकोट बिमानस्थलमा हिउँ माथि रोकिएका थिए। दुवै जहाजले नेपालगंजका लागि उडान भरेका थिए।जहाजमाथि परेको हिउँ बिहान एयरलाईन्सका कर्मचारी मिलेर फालेका थिए।

रोकिएका जहाज मात्र पठाउने कार्य भएको र मौसम भएको खरावको कारण अन्य उडान भने भएन।हिमपात कै कारण आईतबार सिमकोट बिमान स्थलमा खाद्यान्न र काग्रो सामान ढुवानी गरेर फिर्ता हुनु पर्ने तारा एयरका दुई वटा ट्वीनीटर बिमान पनि थन्किएका थिए। ती जहाजहरुलाई पालले छापेर राखिएको छ। अहिले पनि हुम्लामा हिमपात जारी रहेको छ।

देशसञ्चारबाट साभार ।

सिमकोट विमानस्थलको हिउँ गाडीबाट पन्छाइयो, रोकिएका जहाज उडे

आत्मनिर्भर बन्दै महिलाहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *