आन्दोलनरत बादी समुदाय विरामी हुन थाले

सुर्खेत, १३ फागुन ।
प्रदेश सरकारसँग जग्गा माग्न भन्दै दैलेखबाट सुर्खेत झरेका वादी समुदायका व्यक्तिहरु विरामी हुन थालेका छन् । खुला चौरमा रात कटाउँदै आएका वादी समुदायका बालबालिका र बृद्धबृद्धामा रुघाखोकी तथा ज्वरोका लक्षणहरु देखिएका हुन् । चर्काे तनाव, भोक र घामका कारण उनीहरु विरामी हुन थालेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए ।

केही विरामीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । दैलेख र कालिकोटका वादी समुदायहरुले तीन दिनदेखि व्यवस्थित बसोबासको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका छन् । चारसयभन्दा बढीको संख्यामा रहेका उनीहरुलाई नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले खानाको व्यवस्था गरिरहेका छन् ।

स्थायी लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालिकोटका उनीहरु मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा बस्दै आएका छन् ।

मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना

तपाईको प्रतिक्रिया