हिल्साका होटलमा भोटे ताल्चा

हुम्ला, ३ असोज ।

जेठ लाग्नासाथ स्वेदशी, परदेशी पाहुनाको चहलपहल हुने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा रहेका होटल यो वर्ष सुनसान भएका छन् । मानसरोवर कैलाशको प्रवेशद्वारका रुपमा परिचित हिल्सामा खोलिएको होटल कोरोनाले पर्यटकलाई नपुगेपछि सुनसान बनेका हुन् ।

कोरोना कहरले यो सिजनमा हिल्सा नाका बन्द हुँदा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटक नआएपछि आम्दानी शून्यमा झरेको होटल व्यवसायीको गुनासो छ । ‘यो वर्ष कोरोनाले पर्यटक नआउँदा सिजनभरि होटल सुनसान हुनुका साथै कुनै कारोबार भएको छैन’, होटल स्नो ल्यान्डका म्यानेजर डुब्सान लामाले भने । सिजन अन्त्य हुने बेलासम्म आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने नाम्खाका होटल कोरोना कहरको मारमा परेको उनको बुझाइ छ । ‘कोरोना कहरले मानसरोवर कैलाश दर्शन गर्ने पर्यटक नआउँदा हिल्साका होटल व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ । यो वर्षैभरि होटल कुर्नुबाहेक अरू केही भएन’, लामाले भने । लिमी र हिल्सा घुम्न आएका आन्तरिक पर्यटक होटलमा बास बसे पनि खानाको मूल्य लिएर कोठा सित्तैमा दिइँदै आएको जानकारी उनले दिए ।

हिल्सामा आधा दर्जन बढी पर्यटकीय होटल छन् । मानसरोवर, हुम्ला रिसोर्ट, बाग्लुङ, नन्दी, मुकुम, नौमुले, कंग्रीलगायतका होटलमा कोरोनाअघि पर्यटकको घुइँचो लाग्ने गर्थ्यो । केही होटलमा कुरुवा भए पनि बाँकीमा ताल्चा मारिएको लामा सुनाउँछन् । गत वर्ष मानसरोवर कैलाश दर्शन गर्ने नौ हजार भारतीय पर्यटकलाई सेवा दिएको मानसरोवर होटलका व्यवस्थापक कर्मा लामाले बताए । उनले भने, यो वर्ष कोरोनाले पर्यटक आगमन बन्द भएपछि सुको पनि आम्दानी भएन । गत वर्ष मात्र होटल विस्तार गरेको थिएँ । सिजनकै बेला बन्द गर्नुपर्ने अवस्था छ ।’ हिल्साका होटलले एक रातको प्याकेजमा प्रतिपर्यटक दुई हजार रुपैयाँ लिने गरेका छन् । कतिपयले बैंकबाट कर्जा लिएरै होटल स्थापना गरेका छन् ।

हिल्साका होटलमा भोटे ताल्चा

कर्णाली विवाद सल्टाउने ६ विकल्प, मन्त्री फेर्नेदेखि

हिल्साका होटलमा भोटे ताल्चा

स्वास्थ्य कार्यालय सिल

Leave a comment

Your email address will not be published. Required fields are marked *