स्वास्थ्य कार्यालय सिल

दैलेख, ३ कात्तिक ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालय चार दिनका लागि सिल गरिएको छ । कार्यालयबाट प्रवाह हुने आपतकालीन बाहेकका सबै सेवाहरु बन्द गरिएको हो । संक्रमितमध्ये पीसीआर ल्याबमा काम गर्ने स्वास्थ्यकर्मी समेत रहेका छन् ।

अहिले दैलेखमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १२३ पुगेको छ । गत बुधवार २३, बिहिवार १६ र शुक्रबार २१ र शनिवार २३ जना जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । चाडपर्व नजिकिएसँगै सदरमुकाम दैलेख बजारमा अत्याधिक भिडभाँड बढेको छ ।

स्वास्थ्य कार्यालय सिल

हिल्साका होटलमा भोटे ताल्चा

स्वास्थ्य कार्यालय सिल

४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *