साँच्चिकै झापाली भन्या ह्वाँनै हो

हैन ! हाम्रा प्रधानमन्त्री राजनीतिक विद्यामा सारै खलि रैछन् यार । मान्छेले हाताँ शक्ति भएछि र त्यल्लाई घुमाउन जानेछि के हुन्न भन्ने कुरा ओलीबाले सबै राजनेताहरलाई राम्ररी सिकाई दे । पार्टी झगडा मिलाउन, माकुने र प्रचण्डलाई तह लाउन अन्तिम अस्त्रका रुपाँ संवैधानिक परिषद् सम्बन्धि अध्यादेशलाई प्रयोग गरेछि पो था पाइयोकी साँच्चिकै झापाली भन्या ह्वाँनै हो । जल्ले झापालीको बिँडो मात्रै धानेन् कि आफ्नो विरुद्धदाँ जानेलाई कसरी तह लाउन पर्छ भन्ने पनि देखाइ दिए ! पार्टी फुट्यो फुट्यो भनेर त्राहित्राहि भाका मान्छेहरू जब अध्यादेशपछि प्रचण्ड ओलीबाकाँ पुगेर तुम शरणंम गरेर आँफुले सदन बोलाउन तयार गर्या निवेदनसमेत ओलीको पाउमा चढाएर अब तपाईं (ओली) ले जे भन्यो त्यै हुन्छ भनेर फर्किनु भो । तब मात्रै था भो कि सत्ताको शक्ति भन्या के हुन्छ र सत्ताले मान्छेलाई कसरी सजिलै खाल्टाँ हाल्छ भन्ने कुरा ।

के गर्ने १७ हजार मान्छ्या लास र क्यान्टुनमेन्टको हिसाब किताब खोज्छु भनेर ओलीजीले अध्यादेश ल्याएछि एक्कासी निद्राट ब्युँझेका प्रचण्डले माकुन्या टिमलाई थाहै नदेर बालुवाटार पुग्या प्रचण्डले ओलीसित तपाईं अख्तियाराँ मुद्दा नचलाउनोस् म पार्टीका सारा फायल बन्द गराउँछु भनेछि ओलीजीले जुङा ताउलाउँदै प्रचण्डलाई पार्टी अफिस पठाएछि नेकपा भित्रको सारा समस्या पुस १ गत्याट समाधान भो । पार्टी फुटाल र एक अर्कालाई पार्टीयाट निकाल नेकपा भन्या यसको र उसको भनेर सामाजिक सन्जालाँ दोहोरी खेल्ने कार्यकर्तालेनी अब अर्काे इस्यु नआउन्जेल विश्राम लिने भए । जल्ले जे सुकै भनेनी कमिनिष्ट भित्रको रडाकोलाई साम्य बनाउन अध्यादेशले जुन रामबाँणको काम गर्याे त्यल्लाई कसैलेनी नकार्न सक्दैन । यद्यपि यो अध्यादेश ओली कमरेडले पार्टी मिलाउनाँ लागि ल्या त हैन । वास्तबाँ यो अध्यादेश ल्याएर आफ्ना आफन्तलाइ संवैधानिक आयोगाँ जागिर ख्वाउने उदेश्य थ्यो ।

तर के गर्नु यसबाट पार्टीभित्रै किचलो थाप्नेहरु त्रसित भएर अध्यादेशको विरोध र खारेजीको माग र कतै मैलाई लएर जाक्न यसो गरियोकि क्या भनेर वनको बाघले नखाएनि मनको बाघले खाएछि भदौ २६ देखि अड्क्या झगडा करिब १३ हप्तापछि आएर मिल्यो भन्ने कुराँ सबै कार्यकर्ता ढुक्क भए हुन्छ । देश र जनता काम नभएनी अबका २ वर्षा देशलाई वर्काई फर्काइ पालो गरिगरि लुटनलाई अब न ओलीले प्रचण्डलाई रोक्छन् न प्रचण्डले ओलीप्रति गुनासो गर्छन् । कमिनिष्टहरको यो लडाइँ देश बनाउन हैनकि जनतालाई खेलाईखेलाई देश लुटने र रित्याउने कार्यक्रम थियो भन्ने कुरा सबैले नबुझे नि केहिले त बुझे होलान नि । यो पटकको लडाइँले केन्द्राँ नेतारु कुटाकुट गरेनी वडा, गाउँ र जिल्लाँ लडनु हुँदो रैनछ भन्ने कुरा कमिनिष्ट नेताहरले राम्ररी बुझ्नुपर्ने हो क्यारे । खै बुझे कि बुझेनन् त्यो त यिनरका ब्यवहारले नै देखाउला । तर नेता लडदैमा कार्यकर्ता बाँडिनु हुन्न भन्ने सबक त यसपटकको माओवादी एमाल्या लडाइँले देकै हुनुपर्छ । हैन र कमरेडहरु ।
वेदर्षि

साँच्चिकै झापाली भन्या ह्वाँनै हो

मुख्यमन्त्री स्वरोजगारको बनगाडमा ५ करोड बढी बजेट

साँच्चिकै झापाली भन्या ह्वाँनै हो

अध्यादेश फिर्ता नलिएकोमा ओलीइतर नेताहरू असन्तुष्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!