२०८३ कार्तिक १२ गते
×

Now Playing

अध्यादेश फिर्ता नलिएकोमा ओलीइतर नेताहरू असन्तुष्ट

काठमाडौं, ३ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ढिलो गरेको भन्दै उनी इतरका नेताहरू असन्तुष्ट बनेका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएसँगै ओली इतर समूहका सांसदहरूले संसद अधिवेशन बोलाउनका लागि दिन लागेको अनुरोध पत्र फिर्ता लिएका थिए।

तर प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश फिर्ता नगरेपछि भने ओलीइतर समूह थप असन्तुष्ट बनेको हो। बिहीबार तय भएको संवैधानिक परिषदको बैठक भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबावपछि स्थगित भएको थियो।बिहिबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेट भएको थियो।

भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन भनेका थिए। तर प्रधानमन्त्रीले ओलीले भने अझै केही परामर्श गरेरमात्रै फिर्ता लिने जवाफ दिएका थिए। अध्यादेश फिर्ता लिन जति ढिलो हुँदै जान्छ प्रधानमन्त्री पनि एक्लिदै जाने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए।

ुउहाँले राष्ट्रपतिसँग परामर्श गरेरमात्रै फिर्ता लिन्छु भन्नुभएको छ रे। ढिलो गर्दै गएर अलमल्याउन सक्छु भन्ने पनि लागेको हुनसक्छ। त्यसले उहाँलाई नै हानी गर्छ,ुज्ञवालीले भने,ुफिर्ता लिन ढिलो गरेमा ५ गतेको बैठकमा कुरा उठ्छ। संसदमा अनि संसदीय समितिमा कुरा उठ्छ। सडकमा समेत उठ्न सक्छ।ु

मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए भने बुधबार फिर्ता गर्न तयार भएका थिए। यद्यपि अध्यादेशबारे मन्त्रिपरिषदमा जानकारी गराइएको थिएन।

सेतोपाटीबाट साभार ।

अध्यादेश फिर्ता नलिएकोमा ओलीइतर नेताहरू असन्तुष्ट

साँच्चिकै झापाली भन्या ह्वाँनै हो

अध्यादेश फिर्ता नलिएकोमा ओलीइतर नेताहरू असन्तुष्ट

कृषि मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!