छेडागाडमा ३५ लाखको रोक्थाम, नियन्त्रण तथा उपचार कोष

जाजरकोट, २३ चैत ।

छेडागाड नगरपालिका जाजरकोटले नगरपालिकाको ३५ लाखको राहत कोष स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पु¥याउने उदेश्यले कोष स्थापना गरिएको नगरपालिकाका मेयर लाल बहादुर महतराले जानकारी दिए ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले कोरानाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने औषधी तथा स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, कोराना संक्रमणको संकास्पद विरामीको उपचार तथा उक्त अभियानमा खटिइएका स्वास्थ्यकर्मी एंव अन्य कर्मचारीहरुको लागि खाजामा खर्च हुने गरी उक्त कोष स्थापना गर्ने निर्णय गरेको मेयर लालबहादुर महताराले बताए ।

उक्त कोषमा परोपकारी संघ, संस्था, निजी क्षेत्र तथा व्यक्तिहरुलाई स्वैच्चिक रुपमा रकम जम्मा गर्न समेत अपिल गरिएको मेयर महताराले बताए । नगरपालिकाका स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य केन्द्र, यस अघि स्थापना भएका स्वास्थ्य सहायता कक्षसहित विभिन्न १८ स्थानमा एक जना स्वास्थ्यकर्मीसहित २÷२ जना कर्मचारी रहने गरी स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

स्वास्थ्य सहायता कक्षबाट नगरबासीहरुको स्वास्थ्य जाँच गर्ने तथा खासगरी भारत तथा तेस्रो मूलुकबाट आएका नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा उच्च निगरानी राख्ने काम हुने बताइएको छ । एक वडामा एक स्थानमा रहनेगरी वडा कार्यालय तथा स्वास्थ्य संस्थाको पायक पर्ने गरी ५ देखि १० जनासम्म अट्ने गरी क्वारेन्टाइन स्वास्थ्य संस्था र सहायता कक्षबाट स्वास्थ्य सेवा प्रदान गर्दा आवश्यक पर्ने केही स्वास्थ्य सामग्री खरिद गर्ने र केही उपलब्ध गरिदिनको लागि दातृ संस्था जिआइजेटसंग माग गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ ।

साथैे गत चैत्र १५ गते साँझ कार्यपालिका सदस्य एंव वडा नं ११ का वडा अध्यक्ष चक्र बहादुर सिहं ठकूरी माथि भएको सांघातिक आक्रमणको घोर भत्सर्ना गर्दै दोषिमाथि हदैसम्मको कार्बाहीका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने र घाइते वडा अध्यक्षको शिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए । वडा अध्यक्ष सिंहमाथि भएको सांघातिक आक्रमणको यसअघि पनि नगपालिकाको तर्फबाट निमित्त प्रशासकीय अधिकृत झलक के. सी. ले विज्ञप्ति जारी गरेर घोर निन्दा र भत्र्सना गरेका थिए ।

छेडागाडमा ३५ लाखको रोक्थाम, नियन्त्रण तथा उपचार कोष

YUGAAWHAN NATIONAL DAILY (2076-12-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *