भारतबाट आएका दैलेखका एक हजार जना आफ्नै घरमा

दैलेख, २३ चैत ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको संख्या एक हजार सय ५६ पुगेपछि सतर्कतामा चुनौती बढेको हो । भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उहाँहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

चारपालिकामा करोड ५५लाखको राहतकोष

जिल्लाका चार स्थानीय तहले रु एक करोड ५० लाखको राहत कोषको स्थापना गरेका छन् । कोरोनाको संक्रमणबाट बच्न स्थापना गरिने क्वारेन्टाइन, राहत वितरण र उपचारलगायतमा खर्च गर्नका लागि राहत कोषको स्थापना गरिएको हो । महाबु गाउँपालिका दैलेखले कोरोनाविरुद्धको रु ५० लाखको राहत कोषको स्थापना गरेको छ । राहत कोषमा जम्मा भएको रकमले पालिकाभित्र क्वारेन्टाइन निर्माण, औषधि र स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री खरिद गरिने गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए ।

जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि कोरोना भाइरसविरुद्ध रु ५० लाखको कोषको स्थापना गरेको छ । नारायण नगरपालिकाले भने रु ३० लाखको राहतकोष निर्माण गरी क्वारेन्टाइन निर्माण र राहत वितरण गर्ने कार्य शुरु गरेको छ ।

नारायण नगरपालिकाले आजदेखि ९५४ दैनिक मजदूरी गर्ने श्रमिकको सूची तयार पारेर राहत वितरण शुरु गरिसकेको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । डुंगेुश्वर गाउँपालिकाले कोरोनाविरुद्ध लड्न रु २५ लाखको राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकम पालिकामा औषधि खरिद गर्न, शंकास्पद बिरामी फेला परेमाा सुर्खेतसम्म पठाउन तथा क्वारेन्टाइन निर्माणमा खर्च गरिने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।(अनलाइनबाट साभार)

भारतबाट आएका दैलेखका एक हजार जना आफ्नै घरमा

जनकल्याणले दियो वडालाई २ लाख

भारतबाट आएका दैलेखका एक हजार जना आफ्नै घरमा

छेडागाडमा ३५ लाखको रोक्थाम, नियन्त्रण तथा उपचार

Leave a comment

Your email address will not be published. Required fields are marked *