डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो । डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा […]