यी हुन्, पैँतीस वर्षमुनिका माननीयहरू 

काठमाडौँ, २६ फागुन ।  गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । […]

घुयँत्राे:“मधेसका नेता बजेट चाट्दै, मतदाताले एकैपटक खरेटाे लगाइदिए!”

चुनाब सकियाे कसैले जित्नु र कसैले हार्नुका विषयमा अनेकन अडकलबाजी गरिएका छन । हार्ने पाटिका नेताहरु संगठनकाे कमजाेरी भनेर संगठ र कार्यकर्तालाई दाेष दिईरहेका छन । उनिहरु अँझै पनि आफ्नो कमिकमजाेरी ,आँफुले गरेकाे भष्टाचार अनि जनताले बारम्बार देशमा भै रहेकाे भष्टाचार र भष्टाचारका कुरा स्विकार्न तयार छैनन । बरु उल्टै यश विषयमा गरेका विराेधकाे कुरालाई […]

जुम्लाको अस्पतालमै एक्स–रे सेवा ठप्प : बिरामी अलपत्र, कर्मचारीकाे अस्पताल भित्रै दादागिरी

काली बहादुर परियार जुम्ला ,२६ फाल्गुन । कर्णालीका लाखौ नागरिकको उपचारको अन्तिम भरोसा मानिने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमै अत्यावश्यक एक्स–रे सेवा ठप्प भए पछि बिरामीहरू गम्भीर समस्यामा परेका छन् । अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बिति सक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू अलपत्र परेका छन् भने […]

सम्पादकीय : ओली अहंकारले खस्केको जनमत !

कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस पहिलो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो दल बनेका छन् । कांग्रेसले पाँच र नेकपाले चार निर्वाचन क्षेत्रको नतिजा आफ्‌नो पक्षमा पारेका छन् । आफुलाई कर्णालीमा बलियो संगठन र मत रहेको […]

प्रत्यक्ष तर्फ पछि परेकाे नेकपा समानुपातिकमा उछिन्याे सबै लाई

काली बहादुर परियार जुम्ला ,२५ फाल्गुन । जुम्ला बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ जित निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले जुम्लामा समानुपातिक तर्फ राम्रो मत ल्याउन सकेन । निर्वाचन कार्यालयले सोमबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार राप्रपा जिल्लामा तेर्स्राे स्थान ल्याउने दल बनेको हो हाे । निर्वाचन परिणाम अनुसार राप्रला समानुपातिक तर्फ ६ हजार ५ […]

बाँकेमा १३ हजार ४४२ मत बदर

बाँके ,२५ फाल्गुन । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वटा सङ्केत गरेको र ल्याप्चेसमेत हानेको […]

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपा विजयी

महेन्द्रनगर, २५ फागुन ।  प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् । यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । २४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली […]

प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

काठमाडौँ, २५ फागुन ।  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको […]

काठमाडौँमा प्रदूषण बढ्यो 

काठमाडौँ, २५ फागुन ।  काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो ।  वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे । “लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा […]

कर्णालीका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक 

सुर्खेत, २५ फागुन । कर्णालीका ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।  बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सार्वजनिक अन्तिम नतिजा अनुसार कर्णालीमा नेपाली कांग्रेस ५ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ४ सिट, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा एक/एक सिट जितेका […]

कर्णालीको ब्यालेटमा दलिय शक्ति :कांग्रेस र नेकपाले प्रतिष्ठा  जोगाउँदा कमजोर बन्यो एमाले  

ओम शाही सुर्खेत, २५ फागुन । कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस पहिलो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो दल बनेका छन् । कांग्रेसले पाँच र नेकपाले चार निर्वाचन क्षेत्रको नतिजा आफ्‌नो पक्षमा पारेका छन् । आफुलाई […]

सम्पादकीय : जनमतको सन्देश र नयाँ दलको जिम्मेवारी

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण सन्देश दिएको छ। यस चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपेक्षाभन्दा फरक र उल्लेखनीय सफलता हासिल गरेको छ भने दशकौँदेखि सत्ताको केन्द्रमा रहेका पुराना दलहरू कमजोर अवस्थामा पुगेका छन् । यो परिणाम केवल चुनावी अंकगणित मात्र होइन, जनताको मनोभावनाको स्पष्ट अभिव्यक्ति पनि हो । बहुदलीय […]

चुनावी खर्च बाट बचेको १ लाख रकम सिंजा १ काे बिद्युत मर्मतमा खर्च

काली बहादुर परियार जुम्ला ,२५ फाल्गुन । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनऋषि धिताल ले चुनावी खर्चबाट बचेको रकम सामाजिक कार्यमा प्रयोग गर्दै उदाहरणीय काम गरेका छन् । उनले निर्वाचनका क्रममा बचत भएको १ लाख ५० हजार रुपैयाँ जुम्लाको सिंजा गाउँपालिका–१ स्थित जाँच गाउँमा विद्युत् मर्मतका लागि सहयोग गरेका हुन् । चुनावकाे खर्च जुटाउन […]