वामपन्थीमा तीव्र धु्रविकरणको प्रभाव: कर्णालीमा खल्बलियो  कम्युनिष्टहरुको सांगठनिक शक्ति

ओम शाही सुर्खेत, २७ फागुन । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लामा दलहरुले पाएको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १२ निर्वाचन क्षेत्र मध्य प्रत्यक्षमा पाँच सिट जितेर पहिलो दल बनेको थियो । कांग्रेसले समानुपातिक […]

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

बर्दिया, २७ फागुन ।  प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी, सुनसरी, इनरुवा नगरपालिका–४ बाट सोही उपमहानगरपालिका–१८ का जेम्स राई र सोही उपमहानगरपालिका–१७ […]

शुक्लाफाँटामा बाघ गणना सुरु

महेन्द्रनगर, २७ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । मंगलबार बिहान एक कार्यक्रम आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रूपमा बाघ गणना सुरु गरेको हो । […]

बालिका मृत्युको निष्पक्ष छानविन हुनुपर्ने माग

सुर्खेत, २७ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा एक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मानव अधिकारसम्बद्ध संघ–संस्थाहरूले निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१, बस्दै आएकी १६ वर्षीया बालिकामाथि २३ फागुन २०८२ मा वीरेन्द्रनगर–४, स्थित सहिद पार्क नजिकको जङ्गलमा बलात्कारपछि हत्या भएको उनीहरुले दावी गरेका छन् । मंगलबार मानवअधिकारका […]

अपाङ्गता भएका महिलाहरु  समावेशी अवसरबाट बञ्चित

सुर्खेत, २७ फागुन ।  कर्णाली प्रदेशमा अपाङ्गता भएका महिलाहरू अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य, सार्वजनिक सेवा र पूर्वाधारमा समावेशी पहुँच र अवसरबाट वञ्चित रहेको सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगरमा सम्पन्न अपाङ्गता भएका महिलाहरूको समावेशी पहुँच र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायले यस्तो बताएका हुन् । अक्सफाम नेपालको सहयोगमा सीमान्तकृत महिलाहरूका लागि महिला संस्था […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

जुम्ला, २७ फागुन ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् ।  अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको […]

जग्गा जुट्यो, योजना बन्यो तर बजेट आएन

गाेल्डेन बुढा  जुम्ला ,२७ फाल्गुन । कर्णालीको दुर्गम भूगोलमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको उज्यालो आशा बोकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना वर्षौँदेखि कागजमै सीमित बनेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित चेरे चौरमा निर्माण गर्ने भनिएको विशाल पूर्वाधार योजना बजेट अभावका कारण अघि बढ्न नसक्दा प्रतिष्ठान अहिले पनि भाडाका घर र अस्थायी भवनमै सीमित […]

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ, २७ फागुन ।  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । हाम्रा समाचारदाताहरूका अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय […]

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता 

रुकुम पश्चिम, २७ फागुन ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव […]

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, २७ फागुन ।  गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले […]

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौँ, २७ फागुन ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको बिदाइ समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र […]

कर्णालीमा ४३ हजार मत बदर : सरकारको चरम लापरबाही

गाेल्डेन बुढा जुम्ला, २७ फाल्गुन । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले कर्णाली प्रदेशमा मतदाता शिक्षाको कमजोर अवस्थामात्र होइन, राज्यको तयारी र जिम्मेवारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। प्रदेशका १० जिल्लामा प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४३ हजार ५ सय मत बदर भएका छन्। लोकतान्त्रिक अभ्यासको सबैभन्दा महत्त्वपूर्ण माध्यम मताधिकार नै ठूलो संख्यामा […]

एमालेका उम्मेदवार शान्तिलाल महतकाे चुनावी खर्च सार्वजनिक : कुल ५ लाख ५३ हजार खर्च

काली बहादुर परियार जुम्ला,२६ फाल्गुन । एकमात्र क्षेत्र नम्बर रहेकाे जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका हाेमिएका नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । विवरणमा उनले ५ लाख १४ लाख ५३ हजार खर्च भएको उल्लेख गरेका छन् । उनले एकवटा सवारीसाधनको ९० हजार, इन्धन १ सय लिटरकाे ३० हजार, प्रचारप्रसार सामाग्री छपाइमा […]